वन मुद्धाका फरार प्रतिवादी पक्राउ
कैलालीमा प्रहरीले वन मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्लाको गौरीगंगा नगरपालिका–५ का ३० वर्षिय नारायण साउदलाई पक्राउ गरिएको हो।
फरार रहेका साउदलाई आइतबार ईलाका प्रहरी कार्यालय मसुरीयाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। साउदलाई पक्राउ गरेर कारवाहीका कैलाली जिल्ला अदालत धनगढीमा उपस्थित गराईएको बताईएको छ।
प्रहरीका अनुसार जिल्ला अदालतले ०७२/०३/२८ गते उनलाई वन मुद्धामा रुपैया एक लाख एक हजार ३४६ जरिमाना तोकेको थियो। तर, उनी फरार भएका थिए।
७ कात्तिक २०७८, आइतवार १५:२७ बजे प्रकाशित













