मुख्यमन्त्री भट्ट राहात लिएर बाढी पहिरो प्रभावित क्षेत्रमा जाँदै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट रहात लिएर बाढी पहिरो प्रभावित क्षेत्रमा जाँदैछन् । हालैको बर्षाले निम्त्याएको बाढीपहिरो र डुवान प्रभावितहरुलाई सुदूरपश्चिम सरकारले राहत उद्दार तथा व्यबस्थापनमा २५ करोड छुट्टाएर आजदेखि राहात बाँड्न सुरु गरेको हो ।

यसअघि जोखिम न्यूनिकरणमा विपद् प्रारम्भमै आन्सिकरुपमा केही राहत सामाग्री बाँडेको सरकारले क्षतीको विवरण आउदै गर्दा आज शनिबारदेखि पूर्ण प्याकेजको रहात बाँड्न थालेको हो ।

‘आज हेलिकोप्टरमार्फत प्रदेशका पहाडी जिल्ला डोटीको आदर्श गाउँपालिका बैतडीको ढुङ्गाड र बझाङको थलारा लगायतका अतिप्रभावित स्थानमा राहत सामग्री पठाईदैछ, मुख्यमन्त्रीका स्वकीय सचिब प्रेम कुँबर (प्रख्यात)ले राहात पुराएपछि सम्बद्ध सरकारी टीमको नेतृत्व गर्दै मुख्यमन्त्री भोली आइतवार प्रभावित क्षेत्रमा जाने कार्यक्रम छ ।’

उनले सडक भत्केर यातायात बन्द भएका जिल्लामा ईन्धन तेलको अभाव भएकाले त्यो पनि आपुर्ति गर्नेतर्फ मुख्यमन्त्रीले पहल गरिरहेको जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशमा गत आईतबारदेखि आएको बाढी पहिरोमा परि ३४ जनाको ज्यान गएको छ, भने २२ जना वेपत्ता रहेका छन् । यस्तै १७ जना घाईते भएका छन् । भने कर्यौ घर परिवार विस्तापित भएका छन् ।


६ कात्तिक २०७८, शनिवार ०९:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु