सुदूरपश्चिम सरकारले आजदेखि बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बाँड्ने
सुदूरपश्चिम सरकारले आज शनिवार देखि बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बाँड्ने भएको छ। प्रदेशका सातै जिल्लामा आज (शनिबार) हेलिकोप्टरमार्फत सरकारले राहत सामग्री लिएर जाने सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताइन्।
क्षतिको विवरण संकलन गरिसकेको बताउँदै उनले आज (शनिबार) राहत लिएर जाने बताइन्। “वास्तविक पिडितले राहत पाउनुपर्छ नी टाठा बाँठाले पटक पटक पाउने सोझो पिडितले एक पटकपनि नपाउने घटना धेरै सुनिएका छन् ति घटना यसपालि हुन नदिन एकद्वार प्रणालीबाट राहत वितरण गरिने छ ।”
मन्त्री जोशीले भनिन्, “अब सरकारसंग सहकार्य गरेर मात्रै राहत उपलब्ध गराउनुपर्छ । ‘रेडक्रसले राहत दिन्छ भने हामी जनतालाई रेडक्रसलेनै दिएको हो भन्छौँ, अन्य जुन संस्थाले हामीलाई राहत सामग्री उपलब्ध गराउनुभएको छ हामी प्रस्ट जनतालाई भनिदिन्छौँ मात्र एकद्वार प्रणाली भए सबैले पाउने र सहजपनि हुने भएकाले प्रदेश सरकार एकद्वार प्रणालीको पक्षमा रहेको हो ।’
६ कात्तिक २०७८, शनिवार ०९:४५ बजे प्रकाशित












