निगमले सुदूरपश्चिमका तीन वटा पहाडी जिल्लामा उडान सुरु गर्ने

नेपाल वायु सेवा निगमले सुदूरपश्चिमका तीन वटा पहाडी जिल्लामा उडान सुरु गर्ने भएको छ ।बझाङ, बाजुरा र डोटीमा निगमले कैलालीको धनगढीबाट नियमित रूपमा हवाई सेवा सञ्चालन गर्ने तयारी भएको नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका पहाडी जिल्लामा नियमित हवाई उडान गर्न वायु सेवा निगमलाई निर्देशन दिएका छन् ।

बाढी पहिरोले राजमार्गसमेत प्रभावित हुँदा सुदूरपश्चिमका नागरिकले सास्ती भोग्दै आएका छन् । सहुलियत भाडा दर कायम गरी हवाई उडान गर्ने योजना रहेको वायु सेवा निगमले जनाएको छ ।निगमले आउँदो आइतबारदेखि धनगढी–काठमाण्डौ पनि उडान गर्ने भएको छ ।


५ कात्तिक २०७८, शुक्रवार १८:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु