खोलाले बगाएर बेपत्ता भएकी बालिकको शव फेला
अछामको ढकारी गाउँपालिका–३, नवागाउँस्थित चुथी खोलाले बगाएर बेपत्ता भएकी ७ वर्षीया मैसरा थापाको शव फेला परेको छ ।
गर्सेबाट घरतर्फ फर्किने क्रममा कात्तिक २ गते उक्त खोलाले बगाउँदा बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा घटनास्थलदेखि करीब ८ किलोमिटर टाढा मंगलसैन नगरपालिका–१३ बुढासैनस्थित सोही खोलाको किनारमा शुक्रवार शव फेला परेको हो ।यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
५ कात्तिक २०७८, शुक्रवार १८:१७ बजे प्रकाशित












