सुदूरपश्चिममा बाढीपहिरोबाट ३४ जनाको मृत्यु

सुदूरपश्चिममा बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ । गत असोज ३१ गतेदेखिको वर्षासँगै आएको बाढी, पहिरोका कारण प्रदेशभर ३४ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

बाढीपहिरोबाट सबै भन्दा बढी डोटीमा १६ जनाको मृत्यु भएको पुष्टि भएको छ । बझाङमा नौ, बैतडीमा चार, डडेल्धुरामा तीन, कैलाली र अछाममा एक÷एक जनाको मृत्यु भएको छ । यस्तै प्रदेशमा बाढीपहिरोमा २२ जना बेपता भएका छन् । बेपता हुनेमा सबैभन्दा बढी बझाङका २० जना, बैतडी र कैलालीमा एक÷एक जना रहेका छन् ।

त्यस्तै, बाढीपहिरोमा १७ जना घाइते भएका छन् । घाइतेमा सबैभन्दा बढी डोटीमा ११, डडेलधुरा, बैतडीमा दुई÷दुई जना र बझाङ र बाजुरमा एक÷एक जना घाइते भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ ।


५ कात्तिक २०७८, शुक्रवार १७:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु