पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको निधन
नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष रामानन्द गुप्ताको निधन भएको छ ।उच्च रक्तचापका कारण अस्पताल भर्ना गरिएका गुप्ताको शुक्रबार निधन भएको हो ।
उच्च रक्तचापका कारण अवस्था गम्भीर बनेपछि विहीबार गुप्तालाई विराटनगरस्थित न्यूरो अस्पताल लगिएको थियो ।
सिरहाको लहान नगरपालिका १ घर भएका गुप्ताको विराटनगरस्थित न्यूरो अस्पतालमै निधन भएको हो ।
गुप्ताको शव लहान ल्याइ शुक्रबार नै अन्तिम संस्कार गरिने नेपाल पत्रकार महासंघ सिरहाले जनाएको छ ।
५ कात्तिक २०७८, शुक्रवार १७:४२ बजे प्रकाशित












