सुदूरपश्चिम सरकारको नेतृत्वबारे पनि सल्लाह गर्छु : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वको विषयमा पनि सल्लाह गर्ने बताएका छन् । नेपाल प्रेस युनियन कैलालीको आयोजनामा शुक्रबार धनगढीमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

पत्रकारले राखेको जिज्ञासाको जवाफ दिँदै देउवाले भने, ‘सल्लाह गर्छु माथि के हुन्छ ।’सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व कसले गर्ने विषयमा अहिले सत्ता गठबन्धनबीच सहमती भइसकेको अवस्था छैन । प्रदेशमा नेपाली काँग्रेस र नेकपा (एकीकृृत समाजबादी) सरकारको नेतृत्वका लागि लबिङमा छन् ।

दुई दिनअघि बाग्मती प्रदेश र प्रदेश नम्बर १ को नेतृत्वको विषयमा गठबन्धन दलले सहमती गरेपनि सुदूरपश्चिम प्रदेश सरकारको विषयमा भने कुनै निर्णय गरेन ।


५ कात्तिक २०७८, शुक्रवार १४:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु