धनगढीमा बाढीका कारण भएको क्षतीको तथ्याङ्क संकलन कार्य सुरु

धनगढी उपमहानगरपलिकाले बाढीका कारण भएको क्षतीको तथ्याङ्क संकलन शुरु गरेको छ । उपमहानगरपालिकाले शुक्रवारदेखि १९ वडामा बाढी कारण भएको क्षतीको बिवरण संकलन कार्य थालेको हो ।उपमहानगरपलिका भित्रका सबै वडामा के कती मात्रामा अन्नवली र पशुचौपायाँको क्षती भएको हो भनेर एकीन गर्न तथ्याङ्क संकलन गर्न थालिएको धनगढी उपमहानगरपलिकाका मेयर नृपबहादुर बडले बताए ।
तथ्याङ्क संकलन गर्नु अघि मेयर वड धनगढीका बिभिन्न वडा कार्यलयहरुमा पुगेर निश्पक्ष तरिकाले तथ्याङ्क संकलन गर्न वडा कार्यलयहरुलाई निर्देशन दिए ।तथ्याङ्क संकलनपछि पिडीत किसानहरुलाई उचित राहतको ब्यबस्था गर्न प्रदेश र संघिय सरकारलाई अनुरोध गर्ने बताउदै मेयर वडले स्थानिय सरकारले पनि राहतको ब्यबस्था गर्ने बताए ।
गत असोज ३१ गतेदेखि परेको बेमौसमी बर्षातका कारण धनगढी उपमहानगरपालिकाका फूलवारी, उर्मा, जुगेडा, श्रीलंका लगायतका स्थानमा बाढीका कारण बढी मात्रामा धानबाली लगायतका अन्नबालीमा क्षति पुर्याएको छ ।
५ कात्तिक २०७८, शुक्रवार १६:३० बजे प्रकाशित