प्रधानमन्त्रीको बाढी प्रभावित क्षेत्र निरीक्षण : राहत र क्षतिपूर्तिको व्यवस्था गर्ने आश्वासन

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार सुदूरपश्चिम प्रदेशका विभिन्न बाढी प्रभावित क्षेत्रको अवलोकन निरीक्षण गरेका छन् । तीन दिनसम्म लगातार परेको वर्षाले आएको बाढीपहिरोबाट धनजनको क्षति भएपछि प्रधानमन्त्री देउवा बिहीबारनै सुदूरपश्चिम प्रदेशका विभिन्न बाढी प्रभावित जिल्लाको अवलोकन निरीक्षणमा आएका हुन् ।

पहिलो दिन देउवाले डोटी, बझाङ, बैतडी, डडेल्धुरा र कञ्चनपुरका विभिन्न बाढी प्रभावित क्षेत्रको अलोकलन निरीक्षण गरेका छन् । प्रदेशका विभिन्न पाँच जिल्लाका बाढी प्रभावित क्षेत्रको अवलोकन निरीक्षणका क्रममा प्रधानमन्त्री दउवाले बाढीपहिरो पीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्ने आश्वासन दिएका छन् ।अवलोकन र निरीक्षणपछि धनगढी पुगेर पनि प्रधानमन्त्री देउवाले बाढीपीडितका लागि सरकारले यथाशीघ्र राहत र क्षतिपूर्तिको व्यवस्था गर्ने बताए ।

धनगढीस्थित डिभोटी होटलमा आयोजित कार्यक्रममा बोल्दै उनले काठमाडौं फर्केर बाढीपहिरो पीडितका लागि राहत र क्षतिपूर्र्तिको प्याकेज ल्याइने बताए । तीन दिनको वर्षाले सुदूरपश्चिममा ठूलो धनजनको क्षति गरेको भन्दै उनले पीडितलाई सरकारले राहतको व्यवस्था गर्ने उनले बताए ।उनले बाढीपहिरो प्रभावित क्षेत्रहरुका पुग्दा स्थानीयबासीसंग पनि यही कुरा बोलेका थिए । त्यसक्रममा उनी धेरै बोलेनन् । पीडित जनतासंग पनि उनले काठमाडौं फर्केपछि राहत प्याकेज ल्याइने बताएका छन् ।

साथै प्रधानमन्त्री देउवाले बाढीपहिरो पीडितको तत्काल उद्धार गरी सुरक्षित स्थानमा व्यवस्थापन गर्न गृहजिल्लाका जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । पीडितहरूको व्यवस्थापन गर्न आवश्यक पर्ने बजेट संघीय सरकारले उपलब्ध गराउने आश्वासनसमेत दिए ।बढी प्रभावित जिल्लाको अवोलकन निरीक्षणका क्रममा प्रधानमन्त्री देउवाले बाढी पहिरोले पर्याएको क्षति, उद्धार तथा राहत कार्य, पीडित परिवारको अवस्थालगायतका विषयमा जनप्रतिनिधि, जिल्लाका सरकारी अधिकारीहरुबाट जानकारी लिएका छन् ।

टोलीमा प्रधानमन्त्रीसहित अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, पूर्वमन्त्री एनपी साउँद, रमेश लेखक र बीरबहादुर बलायर सहभागी छन् ।प्रधानमन्त्री देउवा शुक्रबार कैलालीको बाढी प्रभावित पूर्वी क्षेत्रको अवलोकन निरीक्षण गरेर काठमाडौं फर्किने कार्यक्रम छ ।

आइतबार रातिदेखि अविरल वर्षाका कारण सुदूरपश्चिमका विभिन्न ठाउँमा बाढीपहिरोले धनजनको क्षति पुर्याएको छ । प्रदेशमा ३१ जनाको मृत्यु भइसकेको छ भने २४ जना अझै बेपत्ता छन् । यस्तै १६ जना घाइते भएको तथ्यांकमा छ ।


४ कात्तिक २०७८, बिहीवार २०:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु