चार दिनपछि सञ्चालनमा आयो भीमदत्त राजमार्ग
सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ। अवरुद्ध भएको ४ दिनपछि राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको हो।
राजमार्गअन्तर्गत साहुखर्क–गैरा खण्डको पहिरो पन्छाएपछि बिहीबार साँझ सञ्चालनमा आएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।
डडेल्धुराको स्याउलेदेखि अत्तरियासम्म राजमार्गका विभिन्न ठाँउमा पहिरोले अवरुद्ध भएपछि सयौं सवारीसाधन तथा यात्रु बीचबाटोमै अलपत्र परेका थिए।राजमार्ग सञ्चालनमा आएसँगै सवारीसाधन र यात्रु गन्तव्यतिर लागेका छन्।
४ कात्तिक २०७८, बिहीवार २०:२३ बजे प्रकाशित













