कैलालीमा बस दुर्घटना
कैलालीमा बस दुर्घटना भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत बौनियामा ना६ख ८८३३ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
धनगढी उपमहानगरपालिका –४ बोराडाँडीका ३२ वर्षीय विकस अधिकारीले चलाएको सो बस चिप्लो सडकका कारण ब्रेक लगाउँदा दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
दुर्घटनामा मानवीय क्षति नभएको र बसमा सवार सबैजना सकुशल रहेको प्रहरीले जाएको छ ।
३ कात्तिक २०७८, बुधवार ०८:४३ बजे प्रकाशित












