सुदूरपश्चिमका मुख्‍यमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।अविरल वर्षासँगै प्रदेशका विभिन्न ठाउँमा आएको बाढी, पहिरो तथा उद्दार र राहतका विषयमा छलफल गर्न मुख्यमन्त्री भट्टले आकस्मिक बैठक बोलाएका हुन् ।

आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बैठक बसिरहेको जानकारी दिइन् ।

सुदूरपश्चिम प्रदेशमा आइतरबार साँझदेखि परेको वर्षापछि आएको बाढी र पहिरोले विभिन्न स्थानमा क्षति गरेको छ । हालसम्म डोटी र डडेल्धुरामा पहिरोका कारण तीन जनाको मृत्युु बेपत्ता भएका छन् भने दुई जना घाइते छन् ।

कैलालीमा बाढीले बगाउँदा एक जना बेपत्ता भएका छन् । कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा गरेर झण्डै तीन सय घर डुबानमा परेका छन् ।


२ कात्तिक २०७८, मंगलवार १७:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु