दार्चुलाका उच्च पहाडी क्षेत्रमा हिमपात

आइतबार रातिदेखि दार्चुलाका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको छ। व्यास गाउँपालिका वडा नम्बर १ को तिकंर गाउँसहित लेकाली भेगमा सोमबार बिहानदेखि हिमपात भइरहेको प्रहरीले जनाएको छ। हिमपातले उच्च पहाडी डाडाकाडा ढाकीएका छन्।

जिल्लाको अपिहिमाल गाउँपालिका, व्यास गाउँपालिका, दुहुँ गाउँपालिका, मार्मा गाउँपालिका र नौगाड गाउँपालिकाको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने गरेको छ। हिमपात भएसँगै तिकंरको जनजीवन कष्टकर बनेको छ।


२ कात्तिक २०७८, मंगलवार ११:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु