डडेल्धुरामा पहिरोमा पुरिएर एक जनाको मृत्यु, २ घाइते

डडेल्धुरामा घरमाथिबाट आएको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थीको ज्यान गएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

प्रदेश प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक बिक्रम चन्दका अनुसार हालसम्म एक जनाको मृत्यु भएको जानकारी मात्रै आएको छ। यस्तै अमरगढी नगरपालिका–१ मा गएको पहिरोमा परी २ जना घाइते भएका छन्। उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक चन्दले बताए ।


२ कात्तिक २०७८, मंगलवार ११:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु