महाकालीको बाढीले घेरिएकाको उद्धारका लागि हेलिकोप्टर
अविरल वर्षाका कारण कञ्चनपुरको महाकालीलगायत सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बाढीमा फसेका तथा पहिरोमा परेकाको उद्धारका लागि हेलिकोप्टर ल्याउने तयारी भइरहेको छ।
बाढीमा फसेकाको उद्धारका लागि हेलिकप्टर प्रयोग गर्न लागिएको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले जानकारी दिइन्।
‘सुर्खेतबाट हेलिकप्टर बिहानै आउने तयारी थियो। तर प्रतिकूल मौसमका कारण हेलिकोप्टर उड्न सकेको छैन’, उनले भनिन्, ‘महाकालीमा मानिस फसेका छन्। पहाडी भेगबाट पनि त्यस्तो खबर आएको छ। हामी उद्धारमा लागेका छौँ।’
२ कात्तिक २०७८, मंगलवार ११:०६ बजे प्रकाशित













