सेती अस्पतालमा कोरोना परीक्षण शून्य
सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस परीक्षण शून्य पाइएको छ। पछिल्लो २४ घण्टामा अस्पतालमा कोरोना परीक्षण नै नभएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।पछिल्लो २४ घण्टामा अस्पतालमा १ जना नयाँ संक्रमित भर्ना भएका छन् ।
हाल अस्पतालमा ९ जना संक्रमित उपचाररत रहेको अस्पतालले जनाएको छ ।जसमध्ये ५ जनाको आइसियु र ३ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालले जनाएको हो ।
३१ असोज २०७८, आइतवार १३:१८ बजे प्रकाशित













