बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ८ जना घाइते

बैतडीमा जन्ती बोकेको जीप दुर्घटनामा परेका छ। जिल्लाको सिगास गाउँपालिका १ मा जन्ती बोकेको जीप दुर्घटना हुँदा ८ जना घाइते भएका हुन्।सुर्नया ८ ढोल्यामोडबाट सिगास १ खड्क्यौडा जन्ती लिएर फर्किदा शुक्रबार राती १० बजेको समयमा से १ ज १७० नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका ४ जना डडेल्धुरा अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने थप ४ जनाको अवस्था गम्भिर रहेकाले धनगढी ल्याईएको छ।गम्भिर घाइते हुनेमा सिगास गाउँपालिका ४ का २० वर्षीय भरत सिह बोहरा, सुर्नया गाँउपालिका ८ का २१ वर्षीय तेज बोहरा, सेहि ठाँउका ३० वर्षीय प्रकाश बोहरा र १४ वर्षीय सुसील बोहरा रहेका छन्।

उनिहरुको अत्तरयास्थित पद्मा अस्पतालमा उपचार भइरहेको खोडपे प्रहरी चौकीका इन्चार्ज ऐन बहादुर पालले जानकारी दिए।चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।


३० असोज २०७८, शनिवार १६:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु