ट्याङ्करको ठक्करबाट तीन जनाको मृत्यु

बाराको जितपुर सिमरा उपमहानगरपालिका– २३ भोलहीमा शुक्रबार राति ट्याङ्करको ठक्करबाट कारमा सवार तीन जनाको मृत्यु भएको छ ।कार चालक भारतीय नागरिक ३४ वर्षीय राजन सराफको उपचारको लागि अस्पताल लैजाने क्रममा र कार सवार दुई जनाको भने विरगञ्ज स्थित वयोधा अस्पतालमा उपचारको क्रममा गएराती नै मृत्यु भएको हो ।

मृतक मध्ये कारमा सवार अन्दाजी २५ वर्षीय सरज प्रसाद र २७ वर्षीय कृत सिंहको उमेर र नाम मात्र खुलेको छ । उनीहरुको ठेगाना खुल्न बाँकी रहेको छ ।

पथलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ३ख ७५९४ नम्बरको ट्याङ्करले विपरित दिशाबाट आउँदै गरेको भारतीय नम्बरको कारलाई हिजो राति पौने ११ बजे ठक्कर दिएको थियो । दुर्घटना पश्चात फरार रहेका ट्याङ्कर चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय जितपुरले जनाएको छ ।

 


३० असोज २०७८, शनिवार १४:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु