punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दशैँ लक्षित बजार अनुगमन : उपभोक्ता ठग्न अनेक बदमासी

Chaupati
safha napa

बजार अनुगमनमा क्रममा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरी नेतृत्वको बजार अनुगमन टोलीले बुधबार धनगढीका विभिन्न पसलमा अनुगमन गर्यो ।

अनुगमनका क्रममा टोलीको नजर धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ स्थित पिपल चौताराको एक पसलमा राखिएका बिस्कुटमा पर्यो । पसल सञ्चालकका अनुसार उक्त विस्कुट भर्खरै ल्याइएको थियो । त्यहाँ राखिएका अधिकांश विस्कुट हेर्दा म्याद गुज्रेको देखिएन ।

तर हेर्दैजाँदा एउटै पेटीबाट निकालिएका भएपनि केही बिस्कुटमा भने म्याद गज्रिएको फेला पर्यो । भर्खरै ल्याइएको बिस्कुटको एउटै पेटी, तर त्यसभित्र पनि केही म्याद गुज्रिएका । यसबाट उपभोक्ता मात्रै नभई विस्कुट उत्पादक कम्पनीबाट खुद्रा व्यापारी पनि ठगिन पुगे ।

‘भर्खरै ल्याइएको पेटीमा पनि म्याद गुज्रिएका पर्लान् भनेर पनि कसरी सोच्नु,’ ती ब्यापारीले भने, ‘यसबाट उपभोक्ता मात्रै नभई हामी आफै पनि मारमा पर्यौं ।’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले कहिलेकाँही नयाँ पेटीमै पनि म्याद गुज्रेका खाद्य बस्तु फेला पर्ने गरेको बताए ।

‘यस्तोमा उत्पादक कम्पनीहरुले नै बदमासी गरिरहेका हुन्छन्,’ उनले भने, ‘खुद्रा व्यापारीबाट यस्तो खाद्य सामग्री उपभोक्तासम्म पुग्न जान्छ । खुद्रा ब्यापारीले पनि नयाँ बस्तुमा पुराना बस्तु मिसाउने गरेका हुन्छन् ।’ उनले यसरी उपभोक्तालाई ठग्ने काम भइरहेको बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख नवराज दाहालले कुनै अवस्थामा खाद्य सामग्री म्याद गुज्रेका नभएपनि गुणस्तरहीन पनि फेला पर्ने गरेको बताए ।

उनले यस्तो अवस्थामा व्यापारीहरुलाई शंका लागेमा परीक्षणका लागि ल्याउन आग्रह गर्ने गरेको बताए । संयुक्त बजार अनुगमन टोलीले विभिन्न ठाउँमा गरिएको अनुगमनका क्रममा विस्कुट, दाल, बच्चाहरुले खाने बिटालगायतका म्याद गुज्रिएका गुणस्तरहीन खाद्य सामग्री जफत गर्दै नष्ट गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चौधरीको नेतृत्वको अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीसहित वाणिज्य आपूर्ति तथा उभोक्ता संरक्षण कार्यालय, खाद्यय प्रबिधि तथा गुण नियन्त्रण कार्यालय र कैलाली उद्योग वाणिज्य संघका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

दशैं–तिहारलगायतका चाँडबाँडमा बजारमा गुणस्तरहीन खाद्य सामग्री विक्री वितरण बढ्न सक्ने कुरालाई मध्येनजर गर्दै बजार अनुगमन तीब्र पारिन्छ । यसै सिलसिलामा धगनढीमा सरोकारवाला निकायले बजार अनुगमन गरिरहेका छन् ।

मंगलबार मात्रै संयुक्त बजार अनुगमन टोलीले जिल्लाको अत्तरिया बजार क्षेत्रमा अनुगमन गरेको थियो । अत्तरिया बजारमा रहेका विभिन्न आठ वटा किराना र चारवटा होटलहरु गरि १२ वटा पसलमा अनुगमन गरिएको थियो ।

जसबाट ७८ हजार ८ सय १५ रुपैयाँ बजारबरका गुणस्तरहीत सामग्री बरामद गरिएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी चौधरीले चाँडबाँडभरी नै बजार अनुगमनलाई निरन्तरता दिइने बताए ।


२१ असोज २०७८, बिहीवार १७:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु