punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरण : मुख्य आरोपी गोरेसहित ६ जनालाई जन्म कैद

Chaupati
safha napa

साढे ३३ केजी सुन तस्करी र भरिया सनम शाक्यको हत्या प्रकरणमा मोरङ जिल्ला अदालतले मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’ सहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले उक्त प्रकरणमा संलग्‍न ६ जनालाई जन्मकैद, १ जनलाई तीन वर्ष र १ जनलाई ६ महिनाको कैद सजाय सुनाएको हो ।

मुद्दाको मंगलबार अन्तिम सुनुवाइ गर्दै कर्तव्य ज्यानतर्फ ६ जनालाई जन्म कैद, एकलाई तीनवर्ष र एकलाई ६ महिनाको सजाय तोक्दै बाँकी सबै प्रतिवादीलाई सफाइ दिएको छ ।अदालतले गोरेसहित, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्म कैदको सजाय तोकेको श्रेष्तेदार टिकेन्द्रवीरजङ राणाले बताए ।

उनका अनुसार शाक्य हत्यामा संलग्न ठहरिएका राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको छ ।मुद्दाको मुख्य प्रतिवादी उर्लाबारी मोरङका गोरे भनिने चुडामणी उप्रेतीसहित ७७ जना थिए ।

उनीहरु विरुद्ध मोरङ प्रहरीले २०७५ वैशाख १९ गते अपराधिक समूह स्थापना गरी सञ्चालन गरेको, सुनको अवैध कारोबार गरेको, अपहरण, शरिर बन्धक र कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङमा अभियोग पत्र दर्ता गरेको थियो । अभियोग पत्रमा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग गरिएको थियो ।

कूल प्रतिवादी मध्ये २१ जना अहिले पनि फरार छन् । फरारका नाममा इजलासले मुद्दालाई मुलतबीमा राखेको राणाले बताए । त्यसबाहेका बाँकी प्रतिवादीको कुनैपनि कसुर पुष्टि नभएकाले इजलसले सफाइ दिएको उनले बताए ।

गोरेको हकमा अपहरण तथा शरिर बन्धक कसुर प्रमाणित भएकाले सजाय निर्धारणका लागि एक महिना भित्रमा पुनः पेसी हुने इजलसले सुनुवाइ गरेको छ ।


१९ असोज २०७८, मंगलवार १५:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु