punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्वदेश फर्किएका नेपाली सीमा नाकामा अलपत्र

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशको पश्चिमी सीमा नाका त्रिनगर–गौरीफन्टामा पुगेका यात्रु अलपत्र परेका छन्। भारतका विभिन्न सहरबाट नेपाल पर्किएका नेपाली नागरिकहरु नाकामा अलपत्र परेका हुन्।गन्तव्यसम्म पुर्‍याउने भन्दै भाडा लिएका ट्राभल्स एजेन्सीले गौरीफन्टासम्म मात्रै पुर्‍याएपछि उनीहरू अलपत्र परेका हुन्।

दिपायलसम्म पुर्‍याउने भनी दुई हजार ५०० भारतीय रुपैयाँ भाडा लिएको ट्राभल्स एजेन्सीले नाकामै छोडेको डोटीको बोगटान फुड्सिल गाउँपालिकाका गज्जु बोहराले बताए। उनीसँगै ८० जनाभन्दा बढी यात्रु आएका थिए। अन्य गाडीमा स्वदेश फर्किएकाहरू पनि समस्यामा परेका छन्।

यता ट्राभल्स एजेन्सीले बाटोमा भएको बढी खर्चका कारण यात्रुलाई गन्तव्यसम्म पुर्‍याउन नसकेको प्रष्टीकरण दिएको छ। एजेन्सीका प्रतिनिधि शेरबहादुर महराले बाटोमा बढी खर्च भएका कारण नाकामा मात्रै पुर्‍याएको बताए।

मंगलबार बिहान नाकामा ट्राभल्स एजेन्सी र अटोरिक्सा चालकबीच विवाद भएपछि नाकामा तनाव सिर्जना भएको हो। बढी भाडा लिएको विषयमा एकअर्काबीच आरोप–प्रत्यारोप लगाएपछि विवाद भएको हो। अहिले भने नाकाको अवस्था समान्य हुँदै गएको प्रहरीले जनाएको छ।


१९ असोज २०७८, मंगलवार १२:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु