punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा नयाँ निर्वाचन अधिकृत

Chaupati
safha napa

कांग्रेस बझाङको जिल्ला अधिवेशनमा मतदानकै दिन निर्वाचन अधिकृत हराएपछि रोकिएको प्रक्रिया अघि बढ्ने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले नयाँ निर्वाचन अधिकृत खटाएपछि निर्वाचन प्रक्रिया अघि बढाउने सहमति भएको हो ।

नयाँ निर्वाचन अधिकृतका रूपमा सोमबार बझाङ आइपुगेका उज्वलराज श्रेष्ठले जिल्लाका नेताहरूसँग छलफल गरेपछि २१ गते मतदान गर्ने सहमति जुटेको जिल्ला निर्वाचन समितिका सदस्य रमानन्द जोशीले बताए । पूर्वमन्त्री, सभासदलगायत उम्मेदवारहरूबीच यसअघिका घटना बिर्सेर अधिवेशन सम्पन्न गर्ने सहमति जुटेको हो

आइतबार मतदान हुने समयमा निर्वाचन अधिकृत चेतराज भट्ट सम्पर्कविहीन भएपछि कांग्रेस बझाङको जिल्ला अधिवेशन रोकिएको थियो । भट्टले आफूलाई कांग्रेसका कार्यकर्ताले नै अपहरण गरेर अत्तरिया पुर्‍याएको बताएका छन् ।

कांग्रेसका पूर्वजिल्ला सभापति सत्यराज भण्डारीले भने भट्टले अपहरणको नाटक गरेर कांग्रेसको बेइज्जत गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै भण्डारीले भट्ट आर्थिक प्रलोभनमा परेर वा कुनै शक्तिशाली नेताको कुरा काट्न नसकेर भागेको हुन सक्ने बताए ।


१९ असोज २०७८, मंगलवार १३:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु