punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

संसदमा आज पनि एमालेकाे अवरोध, महालेखा परीक्षकको प्रतिवेदन पेस

Chaupati
safha napa

प्रतिनिधि सभाको आज बिहीवारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकै बीच महालेखा परीक्षकको प्रतिवेदन पेस भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखा परीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन २०७८ पेस गरे ।

बैठक सुरु हुनासाथ सधैँझैँ प्रतिपक्षी दल एमालेका सांसदले रोस्टम घेराउ गर्दै नाराबाजी गरेका थिए । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरोध नगरिकन सदनको काम कारबाही अघि बढाउने सन्दर्भमा सहयोग गर्न आग्रह गरे । उनले अदालतमा विचाराधीन विषयमा सदनमा छलफल हुन नसक्ने कुरा प्रतिनिधि सभा नियमावलीमा व्यवस्था रहेको स्मरण गराउनुभएको थियो ।

अवरोधकै बीचमा सभामुख सापकोटाले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजी र विधेयक प्रमाणीकरणसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाए । प्रमाणीकरण गरिएको विधेयकहरूमा आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ छन् ।

नेकपा एमालेले अधिवेशन सुरु भएदेखि नै आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै संसदमा अवरोध गरिराखेको छ । प्रतिनिधि सभाको अर्को बैठक यही असोज १९ गते दिउँसो १ बजे बस्नेछ ।

 


१४ असोज २०७८, बिहीवार १५:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु