punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ट्याक्टरबाट खसेर युवकको मृत्यु

Chaupati
safha napa

कैलालीमा ट्याक्टरबाट खसेर युवकको मृत्यु भएको छ।जिल्लाको गौरीगंगा नगरपालिका–४ राजीपुरबाट बालुवा गाडातर्फ गइरहेको से २ त ७१ नम्बरको ट्याक्टरबाट बुधबार खसेर घाइते भएका सोही ठाउँका १५ वर्षीय आशिष चौधरीको मृत्यु भएको हो।

राजीपुरका ४२ वर्षीय कर्णबहादुर खत्रीले चलाएको उक्त ट्याक्टरबाट खसेर घाइते भएका चौधरीको धनगढीको निर्सग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीले ट्याक्टर चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताएको छ।


१३ असोज २०७८, बुधवार १३:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु