डोटीमा सर्पले डस्दा पाँच वर्षीय बालकको ज्यान गयो
डोटीमा सर्पले डस्दा पाँच वर्षीय बालकको ज्यान गएको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका–६ का पाँच वर्षीय हेमराज भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले बताए ।
आइतबार साँझ घरको आँगनमा खेलिरहेको समयमा सर्पले डसेको थियो । सर्पको डसाइबाट गम्भीर भएका बालकलाई उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याइए पनि उपचारका क्रममा गए राति ज्यान गएको प्रहरीले जनाएको छ ।
जिल्लामा गर्मी कायमै रहेका कारण सर्पदंशका घटना घटिरहेको जिल्ला अस्पतालले जनाएको छ ।
१३ असोज २०७८, बुधवार १३:१७ बजे प्रकाशित





























