सुदूरपश्चिमका दश जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा गएको एकहप्ता यताकै सबैभन्दा कममा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका दश जनामा मात्रै सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यसअघि असोज ३ गते यस प्रदेशमा चार जनामा मात्रै सङ्क्रमण देखिएको थियो । त्यसयता संक्रमणदर बढ्दै गएकोमा आइतवारघटेको हो । असोज ४ गते ५३,असोज ५ गते ३९, असोज ६ गते ३८, असोज ७ गते ४६, असोज ८ गते ३४ र असोज ९ गते २१ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन बिधिबाट आठ सय ७२ जनाको नमूना परीक्षण गर्दा दश जनामा सङ्क्रमण पुष्टि भएको छ । सात जनामा एन्टिजेन र तीन जनामा पीसीआर बिधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो ।

पीसीआर विधिमार्फत डडेल्धुरा अस्पतालमा दुई र महाकाली अस्पतालमा एक जनामा तीन जनामा सङ्क्रमण पुष्टि हुँदा एन्टिजेनमा कञ्चनपुरका छ र बैतडीका एक जनामा सङ्क्रमण देखिएको हो ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर २५ जनाले कोरोना जितेका छन्,भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन् । यसअघि शनिबार यस प्रदेशमा २१ जनामा संक्रमण पुष्टि हुँदा ४१ जना डिस्चार्ज भएका थिए ।


१० असोज २०७८, आइतवार १९:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु