पाँच दिनपछि खुल्यो गाउँपालिका कार्यालय र वडा कार्यालयमा लगाएको ताला

दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिका वडा नम्बर ३ को कार्यालय र गाउँपालिका कार्यालयमा लगाएइको ताला खुलेको छ।

वडा कार्यालय र गाउँपालिका कार्यालयमा पाँच दिनअघि देखि तालाबन्दी गरिएको थियो।आइतबार दुबै पक्षबिच भएको छलफलपछि सहमतीमै ताला खुलेको प्रहरीले जनाएको छ।

यसअघि तालाबन्दी गर्ने पक्षले गाउँपालिका अध्यक्ष धर्मानन्द मन्याल र वडाअध्यक्ष समुन्द्रसिह कार्कीमाथि हातपातको प्रयास समेत गरेको गाउँपालिकाले जनाएको थियो। दुबै पक्षबिच सहमती जुटेपछि ताला खुलेको हो।

वडा विभाजन गरेको र वडा कार्यालय सारेको आंशकामा वडा नम्बर ३ का स्थानीयले तालाबन्दी गरेका थिए ।


१० असोज २०७८, आइतवार १९:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु