आत्महत्या गर्छु भन्दै महाकाली झोलुंगे पुलको पिलरको टुप्पोमा चढिन् महिला
आत्महत्या गर्ने भन्दै झोलुङ्गे पुलको पिलरमा चढेकी एक महिलाको प्रहरीले उद्धार गरेको छ ।मानसिक अवस्था ठिक नभएकी ती महिला आइतबार दिउँसो भीमदत्त नगरपालिकातर्फको तेस्रो अग्लो पिलरको टुप्पोमा चढेकी थिइन् ।
महेन्द्रनगरकी ती महिलाको माइत दोधारा चाँदनी हो । मोवाइल समेत बोकेर गएकी उनी फोनमार्फत हाम फाल्नै भन्दै आफन्तलाई धम्की दिइरहेकी थिइन् । आफन्तहरु आएपछि उनलाई ललाई फकाइ पिलरबाट तल झारेको झोलुङ्गे प्रहरी चौकीका असई प्रताप बहादुर थापामगरले बताए ।

‘पिलरबाट तल झरेपछि टिक टक बनाउन माथि उक्लेकी हुँ भन्न थालिन्,’ मगरले भने, ‘तल झरेपछि फेरी पिलरमै उक्लिन थालिन्, हामीहरु सबै मिलेर समात्यौं ।’प्रहरीले ती महिलालाई आफन्तको जिम्मा लगाएको छ । दोधारा चाँदनी नगरपालिका ६ का वडाध्यक्ष दिल बहादुर सिइजाली सहित आफन्तहरुको जिम्मा लगाएको मगरले बताए ।
१० असोज २०७८, आइतवार १७:२३ बजे प्रकाशित












