अधिवेशनको मुखमा माओवादी केन्द्र संगठन बिस्तारमा जुट्यो

नेकपा माओवादी केन्द्र बैतडीले संगठन बिस्तार तथा सदस्यता नविकरण कार्यलाई तीव्रता दिएको छ । हाल जिल्ला भरी ४ हजार ५ सय संगठित सदस्य रहेको माओवादी केन्द्रमा १० हजार सदस्य पुर्‍याउने उद्देश्यसहित अभियान सञ्चालन गरेको पार्टिका जिल्ला सचिवालय सदस्य कमलसिंह बोहराले बताए ।

उनले भने, ‘पार्टीका सबै संगठनहरू विस्तार गरी ब्यवस्थित बनाउने क्रममा छौँ। सबै सदस्यहरूको नामावली अनलाईन प्रणालीमा राख्छौँ। पुराना नवीकरण र नयाँ सदस्यता थप गर्ने क्रममा छौँ ।’ अहिले पार्टीका नेता कार्यकताहरू संगठित सदस्यको फारम बोक्दै गाउँघरमा घुमिरहेको बोहराले जानकारी दिए ।

सदस्यता नवीकरणका साथै नयाँ सदस्य थप गर्ने र वडास्तरका कमिटीहरूलाई सक्रिय गराउने काम भइरहेको पार्टीका प्रदेश कमिटी सदस्य शंकर भण्डारीले बताए । अहिले माओवादी केन्द्र सम्वद्ध युवा, विद्यार्थी, महिला, किसानलगायतका सवै जनवर्गिय संगठनहरूलाई सक्रिय गराउने कार्य चलिरहेको भण्डारीले जानकारी दिए ।

भर्खरै अखिल क्रान्तिकारीको जिल्ला अधिवेशन सम्पन्न गरिएकोमा अहिले अखिल नेपाल महिला संघ ‘क्रान्तिकारी’ र वाइसियलका वडा कमिटीहरूको भेला सम्पन्न गरिरहेको पार्टिका जिल्ला सयोजक एंव प्रदेश सांसद जिल्ला प्रेमप्रकाश भट्टले बताए । माओवादी केन्द्रको जिल्ला अधिवेशन आगामी कार्तिकमा सम्पन्न गर्ने मिति तय भएपछि पार्टीका नेताहरू गाउँघर घुम्न थालेका हुन् ।


८ असोज २०७८, शुक्रवार ०९:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु