धनगढीमा दैनिक विद्युत झ्याप–झ्याप, प्राधिकरण भन्छ– ‘लोडसेडिङ भन्न मिल्दैन’

धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलस्थित गरिमा मोबाइल ग्यालरीका सञ्चालक दिनेश नेपालीले कम्प्युटरमा काम गरिरहेका बेला झ्याप्प बत्ती गयो । केही छिनपछि बत्ती आउँदा खुलेन । पछि चेक गर्दा थाहा भयो, कम्प्युटरको आइसी उडेको रहेछ ।

पछि कम्प्युटरमा आइसी हालेर फेरि चलाए । उनलाई अझै डर छ, कम बढी लोड भएर जाने÷आउने विद्युतले कुन दिन के सामान विगार्छ भन्ने ।

कम्प्युटरमा काम गरिरहेका बेला छिनछिनमा जाने विद्युतले कम्प्युटर लगायका इलेक्ट्रानिक सामग्रीमा निकै असर परिरहेको उनको गुनासो । इलेक्ट्रोनिक क्षेत्रमा काम गर्ने व्यक्तिहरुको यो साझा समस्या हो ।

यस्तै, विद्यार्थी बर्ग पनि दिनमा १०÷१५ पटक भन्दा बढी छिनछिनमा जाने विद्युत लाइनबाट वाक्कदिक्क बनेका छन् । गर्मी सिजन त्यसैमाथि बेला बेलामा जाने विद्युतले अध्ययन गर्न समस्या भइरहेको छ । विद्युत नभएपछि राति किताव पढ्न सम्भव पनि भएन ।

‘दिउँसो स्कुल भइहाल्छ, राति किताव पढ्नुपर्छ,’ धनगढी १ का रोजन सुनाम भन्छन्, ‘बेला बेलामा जाने विद्युतले पढ्ने मन पनि हराएर जान्छ । कहिलेकाँही होमवर्क नै नगरेर सुतिन्छ ।’

यस्तै, उद्योग, कलकारखानालगायत पनि अनियमित विद्युत लाइनबाट आजित बनेका छन् । पछिल्लो केही दिन यता विद्युत अनियमित बन्दै गइरहेको छ ।

नेपाल विद्युत प्राधिकरण धनगढीका कार्यालय प्रमुख सुरेन्द्रकुमार चौधरीले हावाहुरी गर्दा रुखहरू लढेर तार टुट्ने, पोल ढल्ने, ट्रान्समिटर विग्रिनेलगायतका कारण बत्ती जाने गरेको बताए । उनले पहिले जस्तो लोडसेडिङ नभएको बताए ।

‘कहिलेकाँही सडक छेउछाउका रुखहरूका हाँगा तारमा लाग्ने गरेकाले हाँगा काट्नुपर्ने हुन्छ त्यति बेला लाइन काट्र्छौै ।,’ उनले भने, ‘यसरी जाने बत्तीलाई लोड सेडिङनै भन्न मिल्दैन ।’


७ असोज २०७८, बिहीवार १८:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु