घरको छतबाट लडेर एक जनाको मृत्यु

दार्चुलामा घरको छतबाट लडेर गम्भीर घाइते भएका एक पुरुषको मृत्यु गएको छ ।जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा महाकाली नगरपालिका वडा नम्बर ७ धापका २५ वर्षीय विरेन्द्र रैखोलाको मृत्यु भएको हो ।

धापकै झुसे ओडको घरमा वाइरिङ गर्ने क्रममा छतबाट लडेर घाईते भएका रैखोलाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

रैखोलाको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि धनगढी रेफर गर्ने तयारी भइरहँदा मृत्यु भएको बताइएको छ ।


७ असोज २०७८, बिहीवार १७:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु