नेपाल–भारतको संयुक्त सैन्य अभ्यासमा आज प्रतिरक्षा कौशल प्रदर्शन (फोटो फिचर)
नेपाली र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास अहिले उत्तराखण्ड राज्यको पिथौरागढमा संचालन भैरहेको छ । गतसातादेखि सुरु भएको यो अभ्यासमा दुबै देशका सेनाहरुले पर्वतीय श्रृंखलामा हुने युद्धकौशल र उद्दार कार्यका कौशल सिकिरहेका छन् ।
सूर्यकिरण नाम दिइएको यो अभ्यासको १५ औं संस्करण यसैसाता एक परम्परागत कार्यक्रमको आयोजना गर्दै सुरु भएको थियो । भारतीय सेनाले उक्त अभ्यासका ताजा तस्बिर आज सार्वजनिक गरेको छ । जारी तस्बिरमा सैनिकहरुले प्रतिरक्षाका कौशल सिकेका छन् ।



७ असोज २०७८, बिहीवार १६:१२ बजे प्रकाशित












