प्रतिनिधि सभाबाट आर्थिक विधेयक पारित

आर्थिक विधेयक २०७८ प्रतिनिधि सभाबाट पारित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० को विरोधका बीच बिहीबार 9आज) को प्रतिनिधि सभा बैठकले बहुमतले सो विधेयक पारित गरेको हो ।

असोज ४ गते पेस गरिएको आर्थिक विधेयक ०७८ बहुमतले पारित भएको हो । आर्थिक विधेयकको दफा २ देखि ४५ र सम्बन्धित अनुसूची १ देखि ४ सम्म विधेयकको अंग बनोस् भनि सभामुखले निर्णयार्थ प्रस्तुत गरेका थिए ।

आजको बैठकमा पनि एमालेले नाराबाजी कायमै राखेको थियो । एमालेले गत भदौ २३ गतेयता चलेका सबै बैठक अवरुद्ध गर्दै आएको छ ।


७ असोज २०७८, बिहीवार १५:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु