कैलालीमा डेढ लाख बढी मुल्य बराबरका अवैध सामान बरामद

कैलालीमा सशस्त्र प्रहरीले डेढ लाख बढी मुल्यको अवैध सामान बरामद गरेको छ ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वाटर कैलाली मातहतको कालाकुण्डा मातहत बिओपीबाट खटिएको टोलीले टीकापुर नगरपालिका वडा नम्बर–७ सोनाफाँटामा उक्त सामान बरामद गरेको हो ।

भारतबाट अवैध रुपमा भित्र्याइएका १ लाख ६३ हजार मूल्य बराबरका कोट पाइन्टको कपडा बरामद गरेको विओपिले जनाएको छ ।

बरामद सामान आवश्यक कारबाहीका लागि सत्ती भन्सार कार्यालय खक्रौलामा बुझाएको कालाकुण्डा विओपिले जनाएको छ ।


४ असोज २०७८, सोमवार १७:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु