punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुर कारागारका सात जना कैदबन्दीको सजाय मिनाहा

Chaupati
safha napa

संविधान दिवसको अवसरमा कञ्चनपुर कारागारका सात जना कैदबन्दीले सजाय माफी पाएका छन् । विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका ७ जना कैदी बन्दीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद मिनाहा तथा माफी पाएका छन् ।

५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीको बाँकी कैद सजाय मिनाहा गरी रिहा गर्ने सरकारी नियम अनुसार आईतवार संविधान दिवसको अवसरमा कञ्चनपुर कारागारमा रहेका २ महिला र ५ पुरुषलाई कैद मिनाह गरिएको जेल्लर माया वस्नेत थापाले जानकारी दिईन् ।

कैद मिनाह हुनेमा शिवराज भटट कर्तव्य ज्यान, प्रेमसिंह भण्डारी कर्तव्य ज्यान, रोहित आउजी वहुविवाह, करिना विश्वकर्मा वहुविवाह, माया चन्द पाल वहुविवाह, र खुशीराम चौधरी चोरी मुद्धा लागेका रहेको उनले बताईन् ।

उनिहरुको बानिव्यवहार, अनुसान चालचलन, रहनसहन सबैराम्रो भएमा कारागारका जेल्लर र प्रमुख जिल्ला अधिकारीले गरेको सिफारिसको आधारमा कैद मिनाह हुने व्यवस्था अनुसार उनीहरुको कैद मिनाह गरिएको जेल्लर वस्नेतले बताईन् ।

जिल्ला कारागारमा अहिले २० जना महिला ३ सय ८७ पुरुष सहित ४ सय ७ जना कैदीबन्दीहरु विभिन्न मुद्धामा जेल सजाय काटीरहेका छन् ।


३ असोज २०७८, आइतवार १३:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु