एमालेको स्थायी कमिटी बैठक सुरु, यी हुन् एजेन्डा

नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बैठक जारी छ।

आजको स्थायी कमिटी बैठकमा विधान महाधिवेशनमा पेश गर्ने विधान संशोधन प्रस्ताव, संगठनसम्बन्धी प्रतिवेदन, राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए।

एमालेको विधान महाधिवेशन असोज १५, १६ र १७ गते आयोजना हुँदैछ। एमालेले त्यसको तयारी अघि बढाइरहेको छ।


३ असोज २०७८, आइतवार १५:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु