punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

यी हुन् संविधान दिवसमा विभूषित भएका पत्रकार

Chaupati
safha napa

सरकारले संविधान दिवसका अवसरमा विभूषित गर्ने सूचीमा दर्जनौ पत्रकारहरू पनि परेका छन्। उनीहरुलाई विभिन्न मान–पदवी, अलङ्कार र पदकबाट विभूषित गरिने भएको हो।

आज सार्वजनिक भएको सूचीअनुसार सु(प्रवल जनसेवाश्री पदक पाउने पत्रकारहरुमा तारानाथ दाहाल, डाक्टर सुरेश प्रसाद आचार्य, हरिबिनोद अधिकारी, कृष्णज्वाला देवकोटा, प्रतिक प्रधान, हरि बहादुर थापा रहेका छन्।

त्यसैगरी कृतिमय राष्ट्रदीप पदक ओम शर्मा, गुणराज लुइटेल, महेश्वर दाहालले पाएका छन्। त्यस्तै प्रवल सेवा श्री पदकबाट पत्रकार कविर राणा, बद्री सिग्देल, ऋषि धमला, अजयबाबु सिवाकोटी, नेत्र कुमार केसी, मुकुन्द दाहाल, दिलभुषण पाठक, समा थापा, विश्वमणी पोखरेल, रविन सायमी, रवि मिश्र, अनिता विन्दु, निता सापकोटा, डाक्टर बालकृष्ण चाँपागाई, भिष्मराज ओझा, शािलकराम सुबेदी, गोविन्द धिताल, माधव ढुङगाना, प्रकृती अधिकारी, गिरीराज निरौला विभूषित भएका छन्।

यसैगरी पत्रकारहरु नारायण अमृत, चन्द्रशेखर कार्की, भुवन शर्मा, भरतबन्धु थापा, दिपक खरेल, गिरीजापसाद अधिकारी, प्रभात कुमार झा, किसन राई, खगेन्द्र अधिकारी, सुनिल महर्जन, रोशन सापकोटा, नगेन्द उपाध्याय, विष्णु खड्का, रेखा भुषाल, बृजाकुमार यादव, आकांक्षा शाह, नरेन्द्र कुमार साउँद, लिला बराल, राममाया भट्टराई, भवानी कार्की, बृजलाल पासवान, डम्बर बहादुर अधिकारीलाई जनसेवाश्री पदकबाट सम्मान गरिने भएको छ।


३ असोज २०७८, आइतवार ०९:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु