punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घट्यो कुखुराको मासुको मूल्य, प्रतिकिलो कति ?

Chaupati
safha napa

ब्रोइलर कुखुराको मासुको मूल्य घट्न थालेको छ । बजारमा उत्पादन बढेपछि मूल्य घट्न लागेको कुखुरा बिक्री व्यवसायी संघले जानकारी दिएको छ । संघका अनुसार हाल बजारमा कुखुराको तयारी मासुको मूल्य प्रतिकिलो ३१० रुपैयाँमा आइपुगेको छ ।

यसअघि, कुखुराको मासुको मूल्य प्रतिकिलो ३६० रुपैयाँदेखि ३८० रुपैयाँसम्म थियो । संघले उत्पादन बढेपछि मूल्य घट्न थालेको बताएको छ । मूल्य घट्न थालेपछि किसानले जिउँदो कुखुराको मूल्य प्रतिकिलो २२० रुपैयाँ पाउन थालेका छन् ।

यस्तै, हाल कुखुराको मासुको होलसेल मूल्य २८० रुपैयाँमा आइपुगेको संघले रातोपाटीलाई जानकारी दियो । यसअघि, कोभिड–१९ महामारीका कारण उत्पादन घट्दा मूल्य आकासिएको थियो ।


३० भदौ २०७८, बुधवार १८:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु