प्रहरीमाथि हातपात गरेको आरोपमा एक युवक पक्राउ

प्रहरीमाथि हातपात गरेको आरोपमा बाजुरामा एक युवक पक्राउ परेका छन । सवारी चेकजाँच गर्ने क्रममा प्रहरीमाथि हातपात गरेको आरोपमा बुढिगंगा नगरपालिका–८ बस्ने २१ वर्षीय प्रकाश कुँवर पक्राउ परेका हुन ।

अस्थाई प्रहरी पोष्ट रिठाबजारबाट खटिएको प्रहरीले सवारी जाँच गर्ने क्रममा पैदल आएका कुँवरले शनिबार बिहान सवारी साधन किन जाँच गर्नु पर्यो, नगरे के हुन्छ भनि विवाद गरी हातपात गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।


२७ भदौ २०७८, आइतवार १७:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु