punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना संक्रमितको उपचारमा खटिएकी इटालियन नर्सले गरिन् आत्महत्या

Chaupati
safha napa

इटालीमा कोरोना संक्रमितको उपचारमा अग्रपंतिमा खटिएकी एक नर्सले आफुमा कोरोना संक्रमित भएपछि आत्महत्या गरेकी छिन्।

डेनिला ट्रेज्जी नाम गरेकी ३४ बर्षिया इटालियन नर्स इटालीमा शुरुवातिका दिनदेखि नै सबैभन्दा प्रभावित क्षेत्र लोम्बार्दीमा कोरोना संक्रमितहरुको उपचारमा टिम लिडरको रुपमा अग्रपंक्तिमा उपचारमा तल्लिन थिईन्।

कोरोना संक्रमितहरुको उपचारमा रातदिन सेवा गर्दागर्दै आफुमा कोरोना संक्रमण भएको पुष्टि भएपछि उनले आत्महत्या गर्ने निर्णय गरिन्।

आत्महत्या गर्नुअघि उनले एक संदेश लेखिन् , ” कोरोनाभाइरसबाट संक्रमितहरुको उपचार गर्दागर्दै म आफै संक्रमित भएकोले अब अरु मानिसहरूलाई संक्रमित गर्ने बोझ सहन सक्ने क्षमता म मा छैन। त्यसैले अरु धेरैको जीवन बचाउनको लागि आफ्नो जीवन अन्त्य गर्ने निर्णय गरे। ”

नर्सहरुको महासंघ इटालीले डेनिला ट्रेज्जी कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित लोम्बार्डी क्षेत्रमा विशेष गरी इटालीको कोरोनाभाइरस विरुद्धको लडाईमा नर्स अग्रसर भएको तर उनको आत्महत्याको खबरले सबै चिकित्सकहरु र सिंगो मुलुक स्तब्ध भएको जनाएको छ।


१३ चैत २०७६, बिहीवार ०२:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु