कैलालीमा ट्रक दुर्घटना
कैलालीको गोदावरीमा मालबाहक ट्रक दुर्घटना भएको छ । धनगढीबाट अछाम जाँदै गरेको ट्रक दुर्घटना हुँदा चालक जोरायल गाउँपालिका – २ बस्ने ४२ वर्षिय रेश्म खत्री सामान्य घाइते भएका छन ।
से.१. ख १२५७ नम्बरको मालबाहक ट्रक शनिबार राती दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।ट्रक सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्रकमा रहेको तरकारी तथा फलफूलमा क्षति पुगेको छ ।
२७ भदौ २०७८, आइतवार १४:२३ बजे प्रकाशित












