२ महिलाले बाटोमै जन्माए शिशु
अछाममा स्वास्थ्य संस्था लौजादै गर्दा २ महिलाले बाटोमै शिशु जन्माएका छन । शनिवार जिल्लाको रामारोशन गाउँपालिका – ६ की २५ बर्षीया नन्दा साउँदले बयालपाटा अस्पतालमा आउँदै गर्दा बाटोमै शिशु जन्माएकी हुन ।
हिडेरै अस्पताल आउँदै गरेकी साउँदले बान्नीगढी जयगढ गाउँपालिका – ५ कालिका बाच्कोट नजिकै बाटोमै शिशुलाई जन्म दिएको आफन्त जमुना साउँदले बताएकी छिन ।बाटोमै शिशु जन्मिएपछि उनलाई कालिका स्वास्थ्य चौकी पुयाईएको थियो ।
यसअघि बिहीबार जिल्लाको ढकारी गाउँपालिका – २ भलानेकी पवित्रा देवी बुढाले स्वास्थ्य संस्था लैजाँदा गर्दा बाटोमै शिशु जन्माएकी थिईन् । बाटोमै शिशु जन्माएका आमाहरुको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।
वर्षातका कारण जिल्लाका ग्रामिण सडकमा सवारी साधन संचालनमा अनाउँदा सुत्केरी बेथा लागेपछि अस्पताल सम्म पुग्न समस्या हुने गरेको छ ।
२७ भदौ २०७८, आइतवार १४:२६ बजे प्रकाशित












