मुख्यमन्त्री भट्टद्धारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले थारु समुदायमा मनाइने अटवारी पर्वको अवसरमा प्रदेशवासीलाई शुभकामना दिएका छन् ।

शुभकामना वक्तव्य जारी गर्दै  कोभिड–१९ बाट उत्पन्न परिस्थितिमा  स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाई अटवारी पर्वलाई खुसीयालीका साथ मनाउन सम्पुर्ण थारु समुदायका दाजुभाई तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गरेका छन् ।

अगाडी भनेका छन्,प्रदेशमा विभिन्न जातजाती एंव आ–आफ्नै भाषा,संस्कृति,पर्व र परम्परा विद्यमान छन् । थारु समुदायले विभिन्न पर्वहरु मध्येको महत्वपुर्ण पर्व अटवारीलाई आफ्नै मौलिक रुपले मनाउदै आएका छन्  र यस्ता पर्वले प्रदेशमा सामाजिक सांस्कृतिक एकता तथा भातृत्वको सन्देश दिन सकोस् भन्ने विश्वास  दिएको छु ।

थारु साुदायले मनाउने अटवारी वर्ष माघीपछिको दोस्रो ठूलो पर्व हो । सुदूरपश्चिम प्रदेश सरकारले अटवारी पर्वको दिन आज कैलाली,कञ्चनपुरमा सार्वजनिक विदा पनि दिएको छ ।

No description available.


२७ भदौ २०७८, आइतवार ०८:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु