punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भीम रावलको गृह जिल्ला अछाममा २७ जनप्रतिनिधिले गरे समाजवादीमा सनाखत

Chaupati
safha napa

अछाममा २७ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेका छन् । साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवर, चौरपाटी गाउँपालिका अध्यक्ष हर्कबहादुर साउँद, साँफेबगर नगर उपप्रमुख विर्मलादेवि वुड्थापा, चौरपाटी गाउँपालिका वडा नम्बर–३ गगुडका अध्यक्ष रामबहादुर साउँद, वडा नम्बर–४ पायलका वडा अध्यक्ष हर्क लोहराले समाजवादी पार्टीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय अछामका निमित्त प्रमुख गजेन्दप्रकास थारुले जानकारी दिए।

यस्तै साँफेबगर कार्यपालिका सदस्य जयन्ति वोगटी, जीतबहादुर निशानी, चौरपाटी कार्यपालिका सदस्य जीतबहादुर निशानी, नौ जना खुल्ला सदस्य, पाँच जना दलित सदस्य र पाँच जना महिला सदस्यले समाजवादी पार्टीमा सनाखत गरेको निर्वाचन अधिकृत थारुले जानकारी दिए।

अछामको साँफेबगर नगरपालिका, मंगलसैन नगरपालिका, चौरपाटी गाउँपालिका, मेल्लेख गाउँपालिका र ढकारी गाउँपालिकाका जनप्रतिनिधिले समाजवादी पार्टीको पक्षमा सनाखत गरेका हुन् ।

निर्वाचन आयोगले दल रोज्नका लागि दिएको समयसीमा आज सकिएको छ । अछाम नेकपा एसका अध्यक्ष माधव नेपाललाई साथ दिँदा दिँदै अन्तिम समयमा एमाले अध्यक्ष ओली पक्षमा लागेका भीम रावलको गृह जिल्ला हो ।


२२ भदौ २०७८, मंगलवार २०:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु