punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मन्त्रिपरिषद् विस्तार गर्दा सरकार नै ढल्ने डर छ : सुवास नेम्वाङ

Chaupati
safha napa

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मन्त्रिपरिषद् विस्तार गर्दा सरकार ढल्ने र दल फुट्ने संभावना देखिएको बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपालले सोमबार गरेको कार्यक्रममा नेम्वाङले सरकार बनेको ५० दिनसम्म मन्त्रिपरिषद् विस्तार नहुनुमा सरकार ढल्ने डर मुख्य कारण भएको बताए ।

‘पाँच जना मन्त्रीले चलेको यो सरकार ५० दिन पुग्दा पनि विस्तारको नाम निशाना छैन । सरकार विस्तार गर्दा यो सरकार नै पो ढल्छ भन्ने डर छ’, नेम्वाङले भने ।

उनले अघि भने, ‘सरकार विस्तार भयो भने दल फुट्ने हो कि सरकार नै ढल्ने हो कि भन्ने अचम्मको अवस्था छ । यो अवस्थामा सरकार चलिरहेको छ ।’

दोस्रो पटक संसद् विघटन गर्नु केपी ओलीको बाध्यता भएपनि सर्वोच्च अदालतले अचम्मको फैसला गरेको नेम्वाङले टिप्पणी गरे ।सरकारले विजनेस नदिंदा संसद्ले सिन्को भाँच्न पनि नपाएको उनले बताए ।


२१ भदौ २०७८, सोमवार १७:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु