आत्मरक्षा प्रशिक्षक प्रशिक्षण तालिम धनगढीमा सम्पन्न
धनगढीमा आयोजित ७ दिने आत्मरक्षा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । महिला हिंसा विरुद्धको अभियान ’प्रहार’ को आयोजनामा सात दिने आत्मरक्षा प्रशिक्षक प्रशिक्षण तालिम धनगढीमा सम्पन्न भएको हो ।
सुदूरपश्चिम प्रदेशभरका ९ जिल्लाका २२ स्थानिय तहबाट प्रतिनिधित्व गर्ने महिला र पुरुष गरी ५६ जनाको सहभागितामा गत मंगलबार आयोजना गरिएको तालिमको सोमवार एक कार्यक्रमबाबीच समापन गरिएको हो ।
महिला हिंसाजन्य घटना न्युनिकरणका लागि थालिएको अभियानलाई देशव्यापी रुपमा अगाडी बढाउनका आफूहरु लागि परेको महिला हिसां विरुद्धको अभियान प्रहार का संस्थापक प्रकाश चन्दले जानकारी दिए । उनले भने, ‘आत्मरक्षाको तालिम वर्तमान समयमा महिला पुरुष दुवैका लागि अपरिहार्य छ ।’
आत्मरक्षा सम्बन्धि तालिम तथा प्रशिक्षण कार्यक्रमलाई स्थानिय तह हुँदै प्रदेश र प्रदेश हुँदै देशव्यापीरुप दिनका लागि सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने चन्दको भनाई रहेको छ । त्यस्तै तालिम आयोजनामा सहयोग गर्ने सहयोगी संस्थालाई धन्यबाद दिँदै चन्दले महिला हिंसा न्युनिकरणका लागि सबैले हातेमालो गर्नुपर्ने बताएका छन् ।
उक्त ७ दिने तालिमको मुख्य सहयोगीका रुपमा प्रदेश युवा परिषद्, सुदूरपश्चिम प्रदेश, भेन्यु पार्टनर कैलाली उद्योग वाणिज्य संघ, प्राविधिक सहयोग राष्ट्रिय गोजुरियो कराँते–दो संघ नेपालको रहेको थियो । महिला हिसांजन्य घटना न्यनिकरणका लागि प्रहारले विभिन्न ठाउँमा तालिम दिदैं आएको छ ।
प्रमुख अतिथि युवराज कुवर , विशिष्ट अतिथि दुर्गा भण्डारी सु प प्रदेश खेलकुद परिषद् सदस्य , सु प क्षेत्रीय खेलकुद विकास समिति का उपनिर्देशक सुदेश सागर जोशी , युवा नेता तथा खो खो खेलका प्रशिक्षक मनोज राई , बास्केटबल खेलका प्रशिक्षक तथा अनेरास्ववियु कैलाली का अध्यक्ष किशोर शाह , नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका सचिव हरि जोशी , प्रेस चौतारी का कैलाली संयोजक भानुभक्त आचार्य , कराँते प्रशिक्षक केशव बडूवाल उपस्थिति रहेको थियो ।
२१ भदौ २०७८, सोमवार १६:४८ बजे प्रकाशित































