धनगढी सडकमा सेनाका बख्तरबन्द गाडी

नेपाली सेनाले आफ्ना बख्तरबन्द गाडीलाई कैलालीका सडकमा निकालेको छ। बिहिबार बिहान साढे १० बजेको समयमा सेनाले धनगढीका बिभिन्न सडकमा हतियारसहितका बख्तरबन्द गाडी कुदाएको हो । नियमित अभ्यास अन्र्तगत ३ वटा गाडी गुडाइएको हो ।

यसअघि नेपाली सेनाले एक विज्ञप्ती जारी गर्दै काठमाडौँको सीतापाइलामा तैनाथ गण तथा इटहरी, महोत्तरी, मकवानपुर, तनहुँ, बुटवल, नेपालगञ्ज र धनगढीमा तैनाथ गणले विभिन्न मितिमा अभ्यास गर्ने जनाएको थियो ।

धनगढीको बोराडाँडी ब्यारेकबाट साउन १४, २१ र २८ गते तथा भदौ ३, १०, १७ र २४ गते बख्तरबन्द गाडीको अभ्यास गरिने सेनाले जनाएको छ । सोही अनुसार बिहिवार पनि धनगढीका बिभिन्न सडकमा ३ वटा गाडी गुडाइएको हो ।सेनाले यसलाई नियमित अभ्यास भनेको छ।

 


१७ भदौ २०७८, बिहीवार १३:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु