डडेल्धुरा अस्पतालमा सिटी स्क्यान जडान
डडेल्धुरा अस्पतालमा १६ स्लाइस क्षमताको सिटी स्क्यान उकरण जडान गरिएको छ। एक हप्ताअघि ल्याइएको उक्त उपकरण जडान गरेपछि बिरामीलाई सेवा दिइरहेको अस्पतालले जनाएको छ।
उपकरण तथा साधनस्रोतको अभाव खेप्दै आएको अस्पतालमा पहिलोपटक सिटी स्क्यान उपकरण जडान गरिएको हो । दुई साताभित्रै औपचारिक कार्यक्रम आयोजना गरी सेवाको शुभारम्भ गरिने तयारी भइरहेको अस्पतालका निमित्त मेडिकल सुपेरीटेनडेण्ट डा.जगदिश चन्द्र बिष्टले बताए ।
सामान्य एमआरआईभन्दा कम ध्वनि उत्पन्न हुने भएकाले बिरामी डराउने समस्या नरहेको तथा सिटी स्क्यान बिरामीमैत्री, सहज र आरामदायी रहेको अस्पतालले जनाएको छ। उपकरणको स्लाइस क्षमता जति बढी भयो उति राम्रो र छिटो रिपोर्ट आउने जनाइएको छ।
१७ भदौ २०७८, बिहीवार १३:०५ बजे प्रकाशित












