punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सहकारी भवन तोडफोड गरेका कांग्रेस कार्यकर्ताले माफी मागे

Chaupati
safha napa

बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्थाको निर्माणाधीन भवन तोडफोड गरेकी सत्तारुढ कांग्रेस कार्यकर्ता शान्ति नाथले प्रशासन कार्यालयमा माफी मागेकी छिन्‌।​शुक्रबार शान्ति नाथले आफूसहित २०र२५ जनाको समूहको हुलहुज्जत गरेर सहकारी संस्थाको बेलडाँडी नवनिर्मित भवनमा ढुङ्गामुढा प्रहार गरी भौतिक क्षति पुर्‍याएको स्वीकार गरेकी हुन्‌।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सभाकक्षमा प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेय, प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीलगायत विभिन्न राजनीतिक दल र संघ संस्थाका प्रतिनिधिको उपस्थितिमा छलफल भएको थियो। छलफल हुँदा शान्ति नाथले सार्वजनिक रुपमा क्षमायाचना गरेकी हुन्‌। उनले अबउप्रान्त यस प्रकारका गल्तीहरू नदोहोर्‍याउने र गल्ती भएमा कानूनी कारबाही भोग्ने बताएकी छिन्‌।

​साना किसानको भवनमा भएको क्षति आफैँले ब्यहोर्ने भन्दै उनले अब उपरान्त सो सहकारी संस्थालाई कुनै प्रकारको असहयोग र तोडफोड तथा दुर्व्यवहार गर्ने छैन भनी लिखित माफी मागेकी हुन्‌। ​पहिलो पक्षमा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष कमलाकुमारी रेग्मी (जोशी), दोस्रो पक्षमा आफैँ शान्ति नाथले हस्ताक्षरसहित औँठाछाप गरेका छन्‌।

सहमतिको रोहवर पत्रमा सरकारी केन्द्रीय शिक्षा उपसमिति सदस्य वीरेन्द्रबहादुर शाह, सहकारी प्रदेश संयोजक धर्मसिह कुँवर र कांग्रेस बेलडाँडीका सभापति हर्कदेव जोशीले हस्ताक्षर गरेका छन्‌। ​सहमति पत्रमा समाजसेवी भनेर कांग्रेस नेता जनकसिंह धामीको समेत नाम भएपनि हस्ताक्षर गरिएको छैन।

घटनामा संलग्न व्यक्तिले प्रशासन, प्रहरी, राजनीतिक दल एवम्‌ विभिन्न सरोकारवालाको उपस्थितिमा लिखित मागि मागेपछि सहमति गरिएको सहकारीका अध्यक्ष कमला रेग्मी (जोशी) ले बताइन्‌।

​ग्रामिण भेगका महिला एवम्‌ जनताको आर्थिक विकासका लागि कार्यरत महिलाले नेतृत्व गरेको सहकारी महिलाबाटै राजनीतिक प्रतिशोध साँधेर तोडफोड कार्य निन्दनीय भएको भन्दै विरोध गरिएको छ।कुनै पनि नागरिकले गैर कानूनी काम गर्दा अन्ततः माफी माग्नुपर्ने वा कानुनको कठघरमा उभिनुपर्ने भन्दै नागरिकले सरकारी भवन तोडफोड गर्नेमाथि कारबाहीको माग गर्दै आएका थिए।

 


१२ भदौ २०७८, शनिवार ०९:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु